काठमाण्डु – काठमाण्डु महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाको शिक्षा शाखाको बैठकले कोरोना संक्रमणदरमा कमी आएसँगै आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो ।
शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिनुपर्ने र सोही अनुसार कार्ययोजना बनाई महानगरमा पेश गर्नुपर्नेछ ।
विद्यालयले बुझाएको कार्ययोजना अनुसार महानगरले भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिने उनले जानकारी दिए ।पछिल्लो समयमा कोरोना संक्रमणदर घटेसँगै देशका आधिकांश ठाउँहरूमा विद्यालयहरू भौतिकरूपमा सञ्चालन भइरहेका छन् ।




प्रतिक्रिया