काठमाण्डु – काठमाण्डुबाट नारायणगढ हुदै चल्ने ठूला मालवाह सवारीलाई काठमाण्डुमै रोकिएको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै मालवाहक गाडीलाई काठमाण्डौमै रोकिएको बताइएको छ ।
अहिले कलंकी आसपासका क्षेत्रमा सवारी रोकीएको छ । हिजो साझ देखिनै काठमाण्डुमै रोकीएको सवारी चालकहरुले बताएका छन् । कलङ्कीदेखि नागढुङ्गा सडक खण्डका केही ठाउँमा गाडी रोकिएका छन् । यस्तै, ललितपुरको धोबिघाटदेखि कलङ्कीसम्म नै लामो लाइन छ । ठूला मालबहाक सवारीको लाइनका कारण उपत्यकाभित्र चल्ने सवारीलाई अफ्ट्यो परेको छ ।




प्रतिक्रिया