काठमाण्डुमा अग्रता कायम राख्दै बालेन्द्र, कसले कति मत पाए ?

काठमाण्डुमा अग्रता कायम राख्दै बालेन्द्र, कसले कति मत पाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाहले अग्रता कायमै राखेका छन् । हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिएका शाहले ११ हजार ३४३ मत ल्याएर आफ्नो फराकिलो अग्रतालाई कायम राखेका हुन् ।

त्यसैगरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले ६ हजार २५८ र नेपाली कांग्रेसका सिर्जना सिंहले ५ हजार ४०८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाण्डुले जानकारी दिएको छ ।