खानेपानीमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरले गर्‍यो १ लाख जरिवाना

खानेपानीमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरले गर्‍यो १ लाख जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले जारको खानेपानी उत्पादन गर्ने १ कम्पनीलाई १ लाख जरिवाना गरेको छ ।

अनुगमनका क्रममा त्रिवेणी वेभरेज इण्डस्ट्रिजले उत्पादन गर्ने जारको पानीमा लामखुट्टेको लार्भा फेला परेपछि महानगरले १ लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

जारको पानीमा लामखुट्टेको लार्भा भेटिएपछि महानगरको अनुगमन टोलीले बालाजु औद्योगिक क्षेत्रमा रहेको उद्योगमा गएर अनुगमन गरेको महानगरका अनुगमन निरीक्षक डा.अवधेश झाले बताए ।

अनुगमनको क्रममा उद्योग क्षेत्रमा समस्या नदेखिए पनि जार फोहोर भएका कारणले लार्भा बसेको हुनसक्ने भन्दै जरिवाना तिराइएको बताइएको छ ।

उनले भने, ‘जारको पानी भर्दा अबदेखि निर्मलीकरण गरेर मात्रै भर्न उद्योगलाई सचेत गराइएको छ ।’

पानीको ल्याब रिपोर्ट प्रत्येक महिना पानी ढुवानीकर्तालाई दिन उद्योगलाई निर्देशन दिइएको उनले बताएका छन् ।