काठमाण्डुमा प्लास्टिकका ‘क्रिसमस ट्री’ राख्न निषेध

काठमाण्डुमा प्लास्टिकका ‘क्रिसमस ट्री’ राख्न निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानी उपत्यकाको काठमाण्डु महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस ट्री राख्न निषेध गरेको छ ।

प्लास्टिकका क्रिसमस ट्री सजावट गरे वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरीले जनाएको छ ।

विभिन्न सपिङ मलले प्लास्टिकका क्रिसमस ट्री राखेर सजावट गर्न थालेपछि महानगरले यस्तो नियम ल्याएको छ । बिहीबार महानगर प्रहरीले भाटभटेनीमा सजावट गरिरहेको प्लास्टिकको क्रिसमस ट्री हटाएको छ ।

महानगरले प्लास्टिकका फूलमाला प्रयोगमा पनि रोक लगाइसकेको छ ।