काठमाण्डु – काठमाण्डु महानगरपालिकाको नगरसभा तथा १५ औं अधिवेशन जेठ ३२ गते गर्ने निर्णय गरिएको छ ।
शुक्रबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बसेको कार्यपालिकाको ३२औं बैठकले नगर सभाको मिति तय गरेको छ ।
बैठकले नयाँ सडक क्षेत्रमा पैदल मार्ग विस्तार र वडा नम्बर २२ बाट राजस्व सम्बन्धी फाइल केन्द्रमा लगिएको सम्बन्धी विषय शिक्षक दरबन्दी परिपूर्ति गर्ने लगायतका विषयमा छलफल गरेर प्रस्ताव पारित गरेको छ ।
बैठकले ‘कानून तर्जुमा र स्थानीय राजपत्र तथा नीतिगत दस्तावेज सम्पादन एवं प्रकाशन कार्यविधि–२०८१’ ‘श्रम बैंक सञ्चालन कार्यविधि–२०८०’को पहिलो संशोधन र ‘टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि – २०८०’ मा पहिलो संशोधनका लागि सैद्धान्तिक सहमति दिएको छ ।




प्रतिक्रिया