काठमाण्डु महानगरद्वारा नगर प्रहरी भर्नाका लागि दरखास्त आह्वान, के छ मापदण्ड ?

काठमाण्डु महानगरद्वारा नगर प्रहरी भर्नाका लागि दरखास्त आह्वान, के छ मापदण्ड ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरले नगर प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरले २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी करारमा नियुक्ति गर्ने तयारी गरेको छ ।

महानगरले सूचना जारी गर्दै नगर प्रहरी जवान र नगर प्रहरी कार्यालय सहयोगीका लागि दरखास्त माग गरेको छ । सूचना अनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको जवान भर्ना सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाण्डु महानगरपालिका प्रशासन विभागमा दरखास्त पेश गर्न सक्ने मापदण्ड बनाइएको छ ।

वैकल्पिक सूची काठमाण्डु महानगरपालिकाको वेबसाइटको डाउनलोड अन्तर्गतको प्रकाशनमा वैकल्पिक सूची शीर्षकमा रहेको महानगरले जनाएको छ । दरखास्त दिँदा वैकल्पिक दर्ता नम्बर खुलेको ढाँचा बमोजिमको निवेदन र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि पेश गर्नुपर्ने जनाइएको छ ।