काठमाण्डु- काठमाडौं महानगरपालिकाको १५ औं नगरसभाका दोस्रोे बैठक स्थगित भएको छ ।
बैठकमा मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।
तर, कांग्रेस र एमालेका वडाध्यक्ष नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो ।
बैठक अब असार १० गते बस्नेछ । मेयर साहले बैठक असार १० गते ११ बजे बस्नेगरी बैठक स्थगित भएको जानकारी दिएका छन् । नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई बैठकमा पारित गर्ने तयारी थियो ।




प्रतिक्रिया