काठमाण्डु – काठमाण्डु महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार पारित भएको छ ।
पाँचौं नगर सभाले महानगरको नीति तथा कार्यक्रम पारित गरेको छ । नीति तथा कार्यक्रममा वडाध्यक्षहरूले असन्तुष्टि जनाउँदै २८ बुँदे संशोधन दर्ता गराएका थिए ।
मंगलबारको नगर सभामा मेयर बालेन्द्र शाह ‘बालेन’ले नीति तथा कार्यक्रम संशोधनसहित पारित भएको घोषणा गरेका छन् ।




प्रतिक्रिया