काठमाण्डुका लोकप्रिय बालेन र सुनिताको मत कति ?


काठमाण्डु – स्थानीय निर्वाचन अन्तर्गत काठमाण्डु महानगरपालिकाको नतिजा आउनेक्रम जारी छ । काठमाण्डुको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् ।

निर्वाचन आयोगले दिएको मंगलबार ३ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार १ लाख ४९ हजार ९४२ मत गणना हुँदा साहले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् ।

काँग्रेसबाट मेयर पदमा उम्मेदवार रहेकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् भने एमालेका केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले ४ हजार ५९९ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले बालेन शाहले भन्दा पनि बढी लोकप्रिय मत पाएकी छन् ।

डंगोलले ५४ हजार ९१ मत पाउँदा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १८ हजार ६५५ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार ९ हजार ७६२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement