काठमाण्डु उपत्यकामा १५ दिन के–के गर्न प्रतिबन्ध ? यस्तो छ नियम

काठमाण्डु उपत्यकामा १५ दिन के–के गर्न प्रतिबन्ध ? यस्तो छ नियम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले विभिन्न कार्यमा प्रतिबन्ध लगाएको छ । काठमण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु, सभाजुलुश लगायतका कार्यसहित विभिन्न कार्यमा प्रतिबन्ध लगाएको छ ।

प्रशासनले विज्ञप्ति जारी गर्दै शुक्रवार राति १२ वजेदेखि भदौ १५ गते १२ वजेसम्म लागू हुने गरी काठमाण्डु जिल्लाभर सो निशेधाज्ञा जारी गरेको जनाएको छ ।

‘खुल्ला स्थानमा मानिसहरु भेला/जम्मा हुन, भीडभाड गर्न, सभा/जुलुस गर्न, भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न’, विज्ञप्तिमा भनिएको छ, ‘दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु । उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु । चाडपर्व लगायतका धार्मिक, सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु ।’

त्यस्तै प्रशासनले शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरजन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना समूहमा खेलिने खेलकुद र खेल प्रस्तुति, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न पनि प्रतिबन्ध लगाएको हो ।