काठमाण्डु – भोलिदेखि काठमाण्डुमा भीडभाड गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले आदेश जारी गर्दै आजदेखि अर्को आदेश जारी नहुँदासम्म भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोज गर्न रोक लगाएको हो ।
कोभिड–१९ संक्रमण कायम रहेको भन्दै प्रशासनले न्यूनतम सहभागितामा र सांकेतिकरुपमा चाडपर्व मनाउन आदेश जारी गरेको छ ।
नजिकिँदै गएको हिन्दुहरुको महान चाड दशैंतिहारलाई मध्यनजर गर्दै काठमाण्डुमा पुन कडाई गरिएको काठमाण्डुका सिडिओ गोविन्द रिजालले बताए ।






प्रतिक्रिया