यी हुन काठमाडौंमा रातारात लुट मच्चाउने चिनियाँ लुटेरा

यी हुन काठमाडौंमा रातारात लुट मच्चाउने चिनियाँ लुटेरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शनिबार राति दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट मेसिन प्रयोग गरि पैसा झिक्दै गरेको अवस्थामा पक्राउ परेका ५ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्ने पाँच चिनियाँमा चेन बिन बिन, झु लियांग आंग, क्वियु युंगक्विंग, लुओ जिआल्बी र लिन बिनमेंग रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

उनीहरुको साथबाट १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत बरामद भएको छ । प्रहरीले उनीहरुबाट भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १–१ थान समेत बरामद गरेको छ ।

नेपाल राष्ट्र बैंकले १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको जनाएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएका छन् । पक्राउ परेका पाँचै जनाविरूद्ध बैंकिङ कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने एसएसपी सुवेदीले बताए ।