काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ कोरोना संक्रमित फेला परेका छन् ।

हालसम्म काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ९२ रहेको छ ।

बिहीबार काठमाण्डु उपत्यकामा ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना रहेका थिए ।