काठमाण्डु उपत्यकामा थपिए ३ सय ५४ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ३ सय ५४ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा २९०, ललितपुमा ३२ र भक्तपुरमा ३२ जना रहेका छन् ।

शनिबार उपत्यकामा ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाण्डुमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना रहेका थिए ।

त्यस्तै शुक्रबार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।जसमध्ये काठमाण्डमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना रहेका थिए ।

हालसम्म काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ रहेको छ ।