काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ३९४ , ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना रहेका छन् ।
मंगलबार उपत्यकामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाण्डुमा ३००, ललितपुरमा ३८ र भक्तपुरमा ५८ जना रहेका थिए ।
हालसम्म काठमाण्डु उपत्यकामा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय ४० रहेको छ ।पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । मृतकमध्ये काठमाण्डुका ६७ वर्षीय पुरुष र ८३ ववर्षीया महिला रहेका छन् ।




प्रतिक्रिया