काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना रहेका छन् ।
यस्तै बिहीबार ७ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा ६ सय ९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना रहेका थिए ।
यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १९ हजार ९ सय ७१ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।




प्रतिक्रिया