काठमाण्डु – काठमाण्डु उपत्यकामा ३६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २२२, ललितुरमा ५२२ र काठमाण्डुमा २९२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ६ सय ५८ जनामा गरिएको पिसिआर परीक्षणमा सात हजार ३ सय ८८ जनालाई संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा सक्रिय संक्रमितको सख्या ४८ हजार ७ सय ११ पुगेको छ । आज देशभर दुई हजार २१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।




प्रतिक्रिया