नेपालमा एकैदिन थपिए ११२० कोरोना संक्रमित, ११ सय १२ जना डिस्चार्ज

नेपालमा एकैदिन थपिए ११२० कोरोना संक्रमित, ११ सय १२ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ५ सय ४९ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ सय १२ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २३ हजार २ सय ९० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ६ सय १५ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई सय ५१ पुगेको छ ।