काठमाण्डु उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डुमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना रहेका छन् ।

यस्तै शनिबार १५९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसअनुसार काठमाण्डुमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जना रहेका थिए ।

योसहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या ३१ हजार ७ पुगेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।