काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले आजदेखि नियमित सेवा सुरु गरेको छ । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी मंगलबारबाट सम्पूर्ण सेवा पुनः सन्चालनमा ल्याएको हो ।
यसअघि जिप्रका काठमाण्डुले कोरोना संक्रमणको महामारी बढेपछि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाण्डुका प्रशासकीय अधिकृत मानबहादुर बुढाले एक सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सेवाग्राही उपस्थित हुन सक्ने जानकारी दिएका छन् ।
जिल्ला प्रशासन काठमाण्डुका अनुसार आजबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सेवा सुरु भएको छ । त्यसैगरी हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन् ।




प्रतिक्रिया