काठमाण्डु – सरकारले काठमाण्डु उपत्यकामा रातको प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले आज रातीबाट लागू हुने गरी उपत्यका प्रवेशमा रोक लगाएको हो ।
अब काठमाण्डु उपत्यकामा साँझ ७ बजेदेखि विहान ७ बजेसम्म आवागमनमा रोक लगाएको हो ।
उपत्यका प्रवेश गर्ने नाकामा संकलन गरिएका स्वाब परीक्षणपछि बिहीबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
विभिन्न नाका भएर उपत्यका प्रवेश गर्ने क्रम बढेपछि मन्त्रालयले ती नाकाहरुमा कडाइ साथ स्वाब संकलन गरिरहेको छ ।





प्रतिक्रिया