बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहार

बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा तनाव, प्रहरीद्धारा अश्रुग्यास प्रहार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नुवाकोटको बञ्चरेडाँडामा काठमाण्डु महानगरपालिकाको फोहोर फाल्ने विषयमा आज पनि स्थानीय र प्रहरीबीच झडप भएको छ । बुधबार काठमाण्डु उपत्यकाको फोहोर फ्याँक्ने क्रममा स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्। अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि दुई सेल अश्रु ग्यास प्रहार गरेको छ । काठमाण्डुबाट फोहोर बोकर त्यहाँ पुगेका ट्रकलाई स्थानीयले रोक लगाइ रहेका छन् । त्यहाँका स्थानीय वासीहरुले मंगलबार पनि विरोध जनाएका थिए ।