कुलेखानी-कलंकी सडक जेठ २ देखि बन्द हुने (सूचनासहित)

कुलेखानी-कलंकी सडक जेठ २ देखि बन्द हुने (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाण्डु जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड जेठ २ गतेदेखि जेठ २० गतेसम्म बन्द हुने भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड कालोपत्रे गर्नुपर्ने भएकोले यो सडक खण्ड १९ दिनका लागि गाडीको आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ ।

बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, हेटौँडामार्फत यो सडक खण्डको स्तरोन्नतिको कार्य हुँदै आएको छ ।

सडक बन्द हुने अवधिमा हेटौँडा–काठमाण्डौ वा काठमाण्डौ–हेटौँडा यात्रा गर्नुपर्ने गाडीले अन्य वैकल्पिक मार्गका रुपमा कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्नसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले निकालेको सूचनामा भनिएको छ ।