काठमाण्डु उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका सिडिओको बैठक बस्दै

काठमाण्डु उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका सिडिओको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी भएको छ । कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी भएको हो ।

निषेधाज्ञा लगाउने विषयमा आज काठमाण्डु, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बिहान खुल्ने खाद्यान्नका पसलहरुबाट संक्रमण फैलिने भन्दै थप कडाई गर्ने जानकारी दिए ।

उपत्यकामा लगाइएको निषेधाज्ञा जेठ १३ गतेबाट सकिँदैछ ।