काठमाण्डुमा निषेधाज्ञाको मोडालिटी परिवर्तन : उपत्यका प्रवेशमा कडाई, खाद्यान्न पसल सञ्चालन (पूर्णपाठ)

काठमाण्डुमा निषेधाज्ञाको मोडालिटी परिवर्तन : उपत्यका प्रवेशमा कडाई, खाद्यान्न पसल सञ्चालन (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकाको निषेधाज्ञाको मोडालिटिी परिवर्तन गरिएको छ । जेठ १४ गतेदेखि एक हप्ता खाद्यान्नका पसल सञ्चालनमा रोक लगाइएको भए पनि भोलीबाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।

बुधबार काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउँदै खाद्यान्नका पसलहरु बिहान ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेका हुन् ।

अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । साथै काठमाण्डु उपत्यका प्रवेशमा भने कडाई गरिएको छ ।

ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (२ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

त्यस्तै अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह हाललाई स्थगन गर्ने निर्णय पनि भएको छ ।

यस्तो छ निर्णय