काठमाण्डु — कोरोना संक्रमण रोकथामका लागि काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ ।
कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेदेखि सकिँदैछ ।
उपत्यकाका काठमाण्डु, भक्तपुर र ललितपुर प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी गरेको हो ।
अब थपिने निषेधाज्ञाका क्रममा समेत केही क्षेत्रमा थप खुकुलो बनाउने विषयमा निर्णय गर्न काठमाण्डु, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच आज साँझ ५ बजे छलफल हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले काठमाण्डुपाटीलाई जानकारी दिए ।
आजको छलफलमा अहिले चालु गरिएका क्षेत्रहरूमा मात्रै सीमित राखेर निषेधाज्ञा थप्ने वा केही खुकुलो पार्दै लैजाने भन्ने विषयमा छलफल हुने उनले बताए ।




प्रतिक्रिया