काठमाण्डु उपत्यकामा निषेधाज्ञा खुकुलो पारियो, के–के सञ्चालन हुन्छ ?

काठमाण्डु उपत्यकामा निषेधाज्ञा खुकुलो पारियो, के–के सञ्चालन हुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा केही खुकुलो पार्दै पुनः एकहप्ता निषेधाज्ञा थपिएको छ । काठमाण्डु, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पुनः एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताए ।  भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछन् ।

यो सातापछि भने कोरोना संक्रमणको अवस्था हेरेर निषेधाज्ञाबारे पुनर्विचार गर्न सकिने एक प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।