घर जान प्रशासनले दियो दुई दिनको समय

घर जान प्रशासनले दियो दुई दिनको समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले घर जानका लागि दुई दिनको समय दिने भएको छ ।

कोरोना संक्रमणको स्थिति गम्भीर देखिएकोले कम्तीमा एक साता निषेधाज्ञा अथवा लकडाउन हुने र त्यो भन्दा अगाडि २ दिनको समय घर जानका लागि दिइने काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले नागरिकलाई असुविधा नपर्ने किसिमले एक दुई दिन घर फर्किने समय दिएर बन्द गराउने मानसिकतामा रहेको बताए ।

सिडिओ पराजुलीले भने, ‘लकडाउन या निषेधाज्ञा जे गरे पनि २ दिन समय दिएर गर्नुपर्छ भनेर गृहकार्य गरेका छौं । सर्वसाधारणलाई विगत जस्तै पैदलै घर जान नपरोस् भनेर हामीले सार्वजनिक बस सञ्चालन गर्ने व्यक्तिसँग छलफल गरेर व्यवस्था गर्छाैं ।’