काठमाण्डु- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका छन् । बुधबार उपमेयर सुनिता डंगोलसहित फरक पाटीका तीन वडाध्यक्षसँगको भेटवार्तापछि उनी बैठक बोलाउन सहमत भएका हुन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरले ६ महिनादेखि रोकिएको नगरसभा र कार्यपालिका बैठकको प्रक्रिया अब अघि बढाइने विश्वास व्यक्त गरे ।
आन्तरिक विवादका कारण महानगरमा गत पुस ८ गतेयता नगरकार्यपालिकाको बैठक बसेको छैन ।
मेयर बैठक बोलाउन सहमत भएसँगै महानगरको आउँदो आर्थिक वर्षको बजेटका विषयमा छलफल अघि बढाइएको छ । अब निरन्तर छलफल गरिने महानगर छ ।
मेयर बालेन र उपमेयर डंगोलबीच लामो समयपछि भेट भएको हो ।
प्रवक्ता मानन्धरका अनुसार उनीहरू राष्ट्रिय सभागृहमा भेट भएको हो र नगरसभा कहिले राख्ने भन्ने विषयमा छलफल भएको छ ।
काठमाडौं–३२ का अध्यक्ष नवराज पराजुली र वडा नम्बर–१५ का अध्यक्ष ईश्वरमान डंगोल पनि बैठकमा सहभागी थिए । डंगोलले मेयरसँग आफ्नो नियमित भेट भइरहेको बताए । महानगरको आन्तरिक विवादका कारण आर्थिक वर्ष २०८२/८३ को बजेट समेत अन्योलमा छ । महानगरका अनुसार, गत वर्ष यति बेला बजेटको मस्यौदा तयार भइसकेको थियो ।




प्रतिक्रिया