काठमाण्डु – काठमाण्डु महानगरपालिका र काठमाण्डु उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन सात दिने अल्टिमेटम जारी गरेका छन्।
महानगरपालिका र प्राधिकरणको असोज २ गते बसेको संयुक्त बैठकका अनुसार शुक्रबार सार्वजनिक सूचना जारी गरी अतिक्रमित क्षेत्र खाली गराउन निर्देशन दिने निर्णय गरेको हो।
महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाण्डु जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने चेतावनी समेत सूचनामार्फत दिइएको छ।





प्रतिक्रिया