काठमाण्डु– काठमाण्डु महानगरपालिकाले नदीको दायाँ–बायाँ भवन निर्माणमा लगाएको प्रतिबन्ध हटाएको छ।
महानगरपालिकाले बुधबार सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशअनुसार नदीको दायाँ–बायाँ भवन निर्माणमा यसअघि लगाएको प्रतिबन्ध हटाएको हो ।
‘सर्वोच्च अदालतको आदेशको आधारमा २०६५ मंसिर १ को मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डको अधीनमा रही कार्य गर्न बाधा नपर्ने हुँदा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोख नलगाइने र निर्माण भइरहेको संरचनामासमेत रोक्का नराखिने जानकारी गराइन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।
अदालतले गत माघ ४ गते न्यायाधीश सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले काठमाण्डुका खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्ट्याएको थियो ।





प्रतिक्रिया