काठमाण्डु महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, आफ्नै अस्पताल निर्माण गर्ने

काठमाण्डु महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, आफ्नै अस्पताल निर्माण गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । यो पटकको विगत वर्षहरुमा झैँ काठमाण्डुको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रुपमा लिएको डंगोलले जानकारी दिइन् ।

महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्धेश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रममा जेन जेड र जेन अल्फ विशेष कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरिएको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, संरक्षणविहिन व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, एकल महिला, शहिदका परिवार लगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री शसक्तीकरण कार्यक्रम सञ्चालन गरिने डंगोलले बताइन् ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘एक वडा एक नमूना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमूना कार्यक्रमलाई संस्थागत गरिनेछ । ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराईनेछ । ७५ बर्ष उमेर पुरा भएका वरिष्ठ ज्येष्ठ नागरिकहरु तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ ।’

सम्मानित राष्ट्रिय व्यक्ति र नवयुवा पुस्ता ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नवयुवा पुस्तालाई सुशासनका संवाहक मानी उनीरुको सुझाव तथा आवश्यकतामा सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिकाले आफ्नै अस्पताल निर्माण गर्ने पनि घोषणा गरेको छ। डंगोलले महानगर अस्पताल निर्माण गर्न लागेको जानकारी दिएकी हुन्।

उनले बाइक एम्बुलेन्स सेवा थाल्ने पनि जानकारी दिइन्। ‘महानगरबासीको स्वास्थ्य परीक्षण,स्वास्थ्य शिविर लगायत कार्यक्रम सञ्चालन गर्ने छौँ’, उनले भनिन्।

पूर्णपाठ:-