काठमाण्डुमा बालेनले कटाए ३४ हजार मत, केशव र सिर्जनाको कति ?

काठमाण्डुमा बालेनले कटाए ३४ हजार मत, केशव र सिर्जनाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु  महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह फराकिलो मतान्तरले अग्रता कायमै गरेका छन्।

९३ हजार ६४७ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार साहले ३४ हजार मत कटाएका छन् । साहले ३४ हजार १३० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १८ हजार ५४७ मत ल्याएका छन् । जहाँ साढे १५ हजार बढी मतान्तर रहेको छ ।

त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत ल्याएर तेस्रो स्थानमा छन्। केशव र सिर्जनाको मतान्तर ११८ रहेको छ।