काठमाण्डु – काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् ।
प्राप्त मतगणनाअनुसार बालेनले ६ हजार ६९२ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार ५६२ मत ल्याएर दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ३१२६ मत पाएकी छन् ।
अहिलेसम्म गणना सकिएको काठमाण्डुको १ र २ नम्बर वडामा एमाले विजयी भएको छ । यी दुई वडामा पनि बालेनले धेरै मत पाएका छन् ।
१ नम्बर वडामा मेयरका लागि बालेनलाई ७ सय ८३, स्थापितलाई ३ सय ६५ र सिर्जनालाई ४ सय ५१ मत परेको छ ।
वडा नम्बर २ मा बालेनलाई १ हजार २२०, स्थापितलाई ३ सय ६५ र सिर्जनाले ४ सय ९७ मत पाएका छन् । मतगणना जारी रहेको वडा नम्बर ३ मा पनि बालेनकै अग्रता छ । यहाँ बालेनलाई १ हजार ७८, स्थापितलाई ५ सय ७१ र सिर्जनालाई ५३१ मत परेको छ ।
वडा नम्बर ४ मा बालेनलाई १ हजार ३०६, स्थापितलाई ५ सय ३१ र सिर्जनालाई ५ सय ३७ मत परेको छ । वडा नम्बर ५ मा बालेनले ३ सय ३१, स्थापितले २ सय ४६ र सिर्जनाले १ सय ७१ मत पाएका छन् ।
वडा नम्बर ३१ मा बालेनलाई ५ सय २९, स्थापितलाई ३ सय ६५ र सिर्जनालाई ३ सय ५२ मत परेको छ । वडा नम्बर ३२ मा बालेनले १ हजार ४४५, स्थापित ६ सय ७९ र सिर्जनाले ५८७ मत पाएका छन् ।




प्रतिक्रिया