काठमाडौं – ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक जना कर्मचारी पक्राउ परेका छन् ।
विदाको दिनको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेका आरोपमा प्रहरीले काठमाडौं महानगरका कर्मचारी बाबुराजा पुजारीलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
उनी काठमाडौं महानगरमा कुचिकार पदमा कार्यरत छन् । पक्राउ परेका महर्जनलाई जबरजस्ती करणीमा आइतबार काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने आदेश लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार बालिकालाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पतालमा भएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया