२३ कम्पनीलाई तीन दिनभित्र घर जग्गा कर बुझाउन काठमाण्डु महानगरको ताकेता

२३ कम्पनीलाई तीन दिनभित्र घर जग्गा कर बुझाउन काठमाण्डु महानगरको ताकेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले २३ कम्पनीलाई घर जग्गा कर नबुझाए सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरले आज २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिन भित्र घर जग्गा कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको हो ।

महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिव २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै साउन १६ गतेभित्र सम्पत्ति कर बुझाउन ताकेता गरेको हो ।

काठमाण्डु महानगरपालिका राजस्व विभागको कार्यालयले गत असार ३० गते जारी गरेको सार्वजनिक सूचनामा पटक पटक ताकेता गर्दा पनि सम्पत्ति कर नबुझाउनेहरुमा कान्तिपुर डेन्टल हस्पिटल, चिरायू हस्पिटल, देवेन्द्रलाल श्रेष्ठ, एनआरटी क्लव, युनाईटेड वल्र्ड ट्रेड सेन्टर, बुद्धबारी कम्प्लेक्स, बागमती च्याम्बर, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल क्षयरोग केन्द्र, नेपाल रेडक्रम सोसाईटी, आदर कम्प्लेक्स, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल, कृषि सामग्री संस्थान रहेका छन् ।

त्यसैगरी मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, सुरज आर्केट, शुभश्री कोअपरेटिभ, काठमाण्डु प्लाजा, नेपाल सेयर मार्केट, गोपालजी प्रोपर्टिज र स्टारमल रहेका छन् । उनीहरुबाट करिव ७० करोड कर असुली गर्न बाँकी रहेको महानगरपालिकाको अनुमान छ ।

कतिपय करदाताहरु कम्पनीहरुले अदालतले समेत तत्काल कर दाखिला गर्न आदेश दिँदा पनि अटेर गर्दैआइरहेका छन् ।