काठमाडौं – काठमाडौंमा कीटनाशक औषधी छर्कन थालिएको छ । काठमाडौं महानगरपालिकाले विश्वव्यापी रुपमा महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई फैलिन नदिन बुधबारबाट सार्वजनिक स्थालनमा(डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको हो ।
१ हजार लिटर पानीमा १० लिटर क्लोरिन झोल (४ हजार लिटरको जेट मेसिनमा ४० लिटर) को मिश्रण तयार गरेर छर्किन थालिएका महानगरका मेयर बिद्यासुन्दर शाक्यले जानकारी दिए । ४ हजार लिटर क्षमताका ३ वटा जेट मेसिन प्रयोग गरिएको उनले बताए ।
‘यो भीड गर्ने समय होइन तर अस्पताललगायत केही सार्वजनिक स्थानमा मानिसहरुको आवतजावत हुन्छ । हामी व्यक्ति—व्यक्तिमा हुन सक्ने संक्रमण रोकथाम गर्ने प्रयास गर्दैछौं’, उनले भने, ‘अहिले सरुवा रोग अस्पताल टेकुमा बिरामी र उनीहरुका आफन्तहरु आउने गरेको छन् । त्यस अस्पताल क्षेत्रलाई जीवाणु, कीटाणुरहित बनाउन जरुरी छ ।’
अस्पतालसहित दैनिक उपभोग्य बस्तु लिन जाने ठाउँहरु, वीरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा आजबाट कीटनाशक औषधी छर्कन थालिएको हो ।




प्रतिक्रिया