कात्तिक १ गते काठमाण्डु म्याराथनमा हुने

कात्तिक १ गते काठमाण्डु म्याराथनमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु म्याराथनको १७औं संस्करण आगामी कात्तिकमा हुने भएको छ। उत्त, म्याराथनमा करिब पाँच हजार धावकले प्रतिस्पर्धा गर्ने छन् ।

एनआरएस स्पोटर्स फाउन्डेसनले पत्रकार सम्मेलन गरी म्यारानको आगामी संस्करणको कात्तिक १ गते हुने जनाएको हो। नेपालको सबैभन्दा पुरानो काठमाडौं म्याराथन सन् २००७ देखि सुरु भएको थियो।

काठमाडौं म्याराथन र मुख्य प्रायोजक सिद्धार्थ बैंकबीच सहकार्यका लागि सम्झौता भएको छ। एनआरएस स्पोटर्स फाउन्डेसनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र सिद्धार्थ बैंकको मार्केटिङ प्रमुख सुरेशराज महर्जनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता तीन वर्षका लागि भए पनि सहकार्यको अविधि बढ्न सक्ने बताइएको छ।

एनआरएस स्पोटर्स फाउन्डेसनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ यस संस्करणको म्याराथनबारे जानकारी दिएका दिए। उनले म्याराथन आयोजना गर्नका लागि धेरै कठिन भएको र यस किसिमको आयोजनाले नेपालको पर्यटनमा समेत ठूलो सहयोग पुग्ने बताए।

१७ औं संस्करणमा कुल १३ वटा फरकफरक विधामा प्रतिस्पर्धा हुने भएका छन्। मुख्य विधाका विजेताहरूले पुरस्कार पनि पाउनेछन्। यसपल्ट करिब पाँच हजार धावक काठमाडौं म्याराथनमा दौडिने आयोजकको अपेक्षा छ। तीमध्ये दुई सय जना अन्तर्राष्ट्रिय धावकले यस म्याराथनमा प्रतिस्पर्धा गर्न सक्ने आयोजकको विश्वास छ।