काठमाण्डु – भोटेकोशीमा आएको बाढीले सडक कटान गरेपछि काठमाण्डु–मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भासिएको हो ।
त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको बागमती प्रदेश ट्राफिक प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन गर्न सकिने अवस्था छैन।
आइतबार बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्ण रूपमा बन्द भएको हो।




प्रतिक्रिया