कर नतिर्ने करदाताका आगनमा पञ्चेबाजा बजाइने

कर नतिर्ने करदाताका आगनमा पञ्चेबाजा बजाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपाललिकाले कर नतिर्ने करदाताको घरआगनमा पञ्चेबाजा बजाउन सुरु गरेको छ ।

तिर्नुपर्ने घरजग्गा/सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाव दिने भन्दै महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा पञ्चेबाजा बजाउन लागिएको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए ।

करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले यो चेताना मूलक अभियान सञ्चालन गरेको जानकारी दिएको छ । नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी सरह बाँकी  कर असुल गर्ने उनले बताए ।