काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर, शीर्षमा दिल्ली

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर, शीर्षमा दिल्ली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहरमा सूचीकृत भएको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार सोमबार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन भएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ ।

यस्तै भारतको राजधानी दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । दिल्ली २०१ एक्यूआईसहित विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको हो ।

यसैगरी दक्षिण एसियाकै बंगलादेशको राजधानी ढाका प्रदूषित सहरको दोस्रो नम्बरमा छ । ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

तेस्रो नम्बरमा पाकिस्तानको लाहोर छ । यहाँको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।

विश्वरको तुलनामा काठमाडौं प्रदूषित सहर बने पनि नेपालमा भने पोखरा लगातार प्रदूषित सहर बन्दै आएको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार पोखराको वायु प्रदूषण ३३७ एक्यूआरई मापन गरिएको छ ।

पछिल्लो २४ घन्टामा पनि पोखरा नै सबैभन्दा प्रदूषित सहर थियो । ४७५ एक्यूआईसहित पोखरा पछिल्लो २४ घन्टामा नेपालकै प्रदूषित सहरका रुपमा थियो ।

वातावरण विभागका अनुसार ०–५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१–१०० मध्यम, १०१–१५० हुँदा अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।