काठमाडौं – काठमाडौंमा एकाबिहानै राँगोले आतंक मच्चाएको छ । तराइबाट मासुका लागि काठमाडौं ल्याइएको राँगो मंगलबार बिहान ४ बजे स्वयम्भू क्षेत्रबाट फुत्किएर सडकमा मान्छेलाई हान्दै न्यूरोड आइपुगेको राँगोलाई प्रहरीले गोली हानेर मारेको छ ।
एक्त राँगोको आतंकबाट तीन जना घाइते भएका महानगरीय प्रहरी बृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए । साढे ६ बजे बिहान न्युरोड पुगेको राँगोलाई प्रहरीले गोली हानेको थियो ।




प्रतिक्रिया