काठमाडौं – नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोहका कारण आज (बुधबार) काठमाडौं उपत्यकाको यातायात प्रभावित हुने भएको छ ।
राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारी हुने भएकाले दिउँसो २ बजेपछि कालीमाटीदेखि जमलसम्म यातायात प्रभावित हुने भएको हो ।
ट्राफिक प्रहरी महाशखाका अनुसार दिउँसो २ बजेपछि ठमेललगायत क्षेत्रबाट भ्रमण वर्ष उद्घाटका अवसरमा र्याली निस्किँदै छ । जसका कारण कालीमाटी, सहिदगेट, थापाथली, त्रिपुरेश्वर, जमल, केशरमहल क्षेत्रका सडकमा सवारी आवागमन प्रभावित हुने भएको हो ।
त्यसैले यसको सट्टा वैकल्पिक मार्ग प्रयोग गर्न आवागमन प्रभावित हुने भएपछि ट्राफिक प्रहरी महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
ठमेलबाट निस्किने जुलुस मूल सडकबाट अघि बढ्दा सवारी आवागमन ठप्प हुने भएकाले क्षेत्रपाटी, वसन्तपुर, न्युरोड, सुन्धाराको ओभरहेड ब्रिज हुँदै रंगशालाको रूट प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।




प्रतिक्रिया