काठमाडौंका सडकमा अब धुलो नउड्ने

काठमाडौंका सडकमा अब धुलो नउड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंका बानेश्वर, पुरानो बानेश्वर, नक्साल भगवती, कपनलगायतका क्षेत्रमा सडक कालोपत्र शुरु गरिएको छ ।

चालू आर्थिक वर्षमा काठमाडौंका धेरै सडकमा कालोपत्रेको योजना रहेकामा अधिकांशमा भइरहेको र कतिपयमा ठेक्का सम्झौता भइसकेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ ।

यी सडकमध्ये कतिपयमा खाल्डाखुल्डी देखिएकाले र कतिपयमा निर्माणको लामो समय भइसकेकाले कालोपत्र गरिएको कार्यालयका इञ्जिनीयर सुदर्शन कार्कीले बताए ।

कार्यालयले नियमित रुपमा खाल्डा देखिएका स्थानमा कालोपत्र गर्ने र सडक मर्मत गरेको लामो समयपछि खाल्डा नभएपनि कालोपत्र थप्ने उनको भनाइ छ ।

उनले भने, “माइतीघर–तीनकुने सडक कालोपत्र गरेको छ÷सात वर्ष भइसकेकाले अहिले धमाधम कालोपत्र भइरहेको छ ।” चालू आवमा सो कार्यालयले आकाशे पुलसमेत निर्माण गरिरहेको छ ।