काठमाण्डु – कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि काठमाण्डु उपत्यकामा थप कडाई गरिने भएको छ । काठमाण्डु, भक्तपुर र लसलतपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाण्डु उपत्यकालाई १५ दिन ‘सटडाउन’ गर्ने निर्णय भएको हो ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भाइरसका संक्रमित देखिएका स्थानहरुमा सिल गर्ने निर्णय भएको जानकारी दिइन ।
त्यस्तै आइतबारबाट अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु बन्द हुने भएका छन् ।
सिडिओ पाण्डेले सपिङ मल, व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भएको वा नभएको चेकजाँच गर्ने र पालना नगरी सञ्चालन भएकालाई बन्द गर्ने सहमति भएको जानकारी दिइन् ।
बैठकले अत्यावश्यक बाहेक सबै सार्वजनिक कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमित बढि भएको ठाउँहरु सिल गर्नै निर्णय भएको जानकारी दिए । उनले महाबौद्ध र टेकु क्षेत्र सिल गर्ने तयारी भएको जानकारी दिए ।




प्रतिक्रिया