काठमाण्डुमा १०.७ मिलिमिटर वर्षा, चन्द्रागिरिमा हिउँ फूरूरू (फोटोफिचर)


काठमाण्डु – पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाण्डुका डाँडामा पनि हिउँ परेको छ ।

बुधबार बिहान काठमाडौंमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाण्डुमा मंगलबार वर्षा भएको थिएन ।

कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाण्डुमा फाट्टफुट्ट वर्षा भइरहेको छ । साथै काठमाण्डु उपत्यकाका डाँडाकाँडासहित चन्द्रागिरिमा समेत हिमपात भएको छ ।

महाशाखाको ताजा विवरण अनुसार दिपायलमा १२, डडेल्धुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर वर्षा मापन भएको छ ।

पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुंगामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement