काठमाण्डु–सुकेटार नियमित उडान सुरु

काठमाण्डु–सुकेटार नियमित उडान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित उडान शुरु भएको छ । कोभिडका कारण दुई महिना बन्द भएको नियमित उडान आजदेखि सुरु भएको हो ।

आज काठमाण्डुबाट नौ यात्रु लिएर नेपाल वायु सेवा निगमको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाण्डुनै फर्किएको छ ।

ताप्लेजुङबाट १२ यात्रु काठमाण्डु जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताए । सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।

तत्कालका लागि काठमाण्डुदेखि ताप्लेजुङसम्म रु सात हजार ५० र ताप्लेजुङदेखि काठमाण्डु सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।