काठमाडौं – काठमाडौंमा बिहान ८ः४२ मिनेटबाट सुरु भएको खण्डग्रास सूर्यग्रहण जारी छ ।
पञ्चांग निर्णायक समितिका अनुसार, बिहान १०ः१ मा मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ः३८ मा सुरु भई ११ः१९ मा सकिनेछ भने पूर्वको झापामा भने ८ः४८ मा सुरु भई ११ः२७ मा सकिनेछ ।
काठमाडौंबाट सूर्यमा ग्रहण लागेको प्रस्ट देखिएको छ । यद्यपि, वैज्ञानिकहरूले आँखामा क्षति पुग्ने भन्दै ग्रहणलाई नांगो आँखाले नहेर्न सुझाव दिएका छन् ।
ग्रहण अवलोकनका लागि शिक्षा मन्त्रालयअन्तर्गतको बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले कीर्तिपुरस्थित संग्रहालय परिसरमा बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहणको अवलोकन गर्ने व्यवस्था मिलाएको छ ।
परिसरबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सूर्यग्रहण हेरेका छन् । झण्डै तीन घन्टा लाग्ने ग्रहण टेलिस्कोपको सहायताले देखाइएको छ ।




प्रतिक्रिया