काठमाडौंको आजको तापक्रम यो वर्षकै कम

काठमाडौंको आजको तापक्रम यो वर्षकै कम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-न्यूनतम तापक्रम घटेसँगै काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहान पौने ९ बजे जारी गरेको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै कम तापक्रम हो । काठमाडौंमा मंगलबार न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियो ।

काठमाडौंमा आज बिहान हावाको गति तीन किलोमिटर प्रतिघण्टा रहेको थियो भने आर्द्रता ७५ प्रतिशत रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ५ किलोमिटर रहेको छ भने एक हजार पाँच सय फिटको उचाइमा केही बादल रहेको छ ।

महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम रहेको छ । जुम्लामा आज माइनस ५.५ डिग्री सेल्सियस रहेको छ । यसपछिको कम तापक्रम काठमाडौंको हो ।